कोसी, बाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा आज भारी वर्षाको सम्भावना छ। मनसुनी न्यूनचापीय रेखा सरदरभन्दा केही उत्तरतर्फ तराई नजिक सर्दा यो सम्भावना बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
राति कोसी, बाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेग तथा मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली भेगका केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ। पहाडी भेगका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा पनि सोही किसिमको वर्षा हुनेछ।
राति देशभर सामान्यतया बादल लाग्नेछ। कोसी, बाग्मती, गण्डकी प्रदेशको हिमाली भेगका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भेगको थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भेगका साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाडी भेग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका केही स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनेछ।
