NM Khabar 4 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सिन्धुलीमा कार दुर्घटना: पूर्ववडाध्यक्षसहित तीनको मृत्यु, एक पक्राउ

सिन्धुलीको सुनकोशी नदीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृतकहरुमा नेकपा एमालेका स्थानीय नेता तथा पूर्ववडाध्यक्ष दिलकुमार लामासहित तीन जना छन्। दुर्घटनामा संलग्न बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
Sanjay Karki
Sanjay Karki
4 August 2026, 9:32 am १ मिनेट पढाइ
आकार:
सिन्धुली कार दुर्घटना
Share:

सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा कार खस्दा तीन जनाको मृत्यु भएको छ। सोमबार पौने १२ बजे भएको दुर्घटनामा सिन्धुपाल्चोकका पूर्ववडाध्यक्ष ३९ वर्षीय दिलकुमार लामा, गोलान्जोर गाउँपालिकाका २८ वर्षीय गणेश थापा र तिनपाटन गाउँपालिकाका १७ वर्षीय सुजन बलमपाकी मगरको मृत्यु भएको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो। लामा आफैं कार चलाइरहेका थिए।

हेमबहादुर तामाङले चलाएको बसले प्रदेश ३-०१-०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार अनियन्त्रित भई नदीमा खसेको थियो। प्रहरीले बस चालक तामाङलाई नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोलीले तीनै जनाको शव फेला पारेको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार