सोलुखुम्बुको गञ्जेडाँडामा तोइबहादुर कटुवालको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
गत साउन २३ गते भएको हत्या प्रकरणमा प्रहरीले साउन २५ गते १७ वर्षीय किशोर र २१ वर्षीय विनोद खड्कालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका खड्का सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
