NM Khabar 11 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

लाल बकैयामा ३ बालबालिका बेपत्ता, गोताखोर टोलीद्वारा खोजी तीव्र

रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन्। बेपत्ता हुने सबै १० वर्ष उमेरका छन्। प्रहरी, सशस्त्र प्रहरी र स्थानीय गोताखोरको टोलीले खोजी कार्य जारी राखेको छ।
Kamala Devi
Kamala Devi
11 August 2026, 4:02 pm १ मिनेट पढाइ
आकार:
लाल बकैया नदी दुर्घटना
Share:

रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। उनीहरूको खोजीका लागि गोताखोरसहितको सुरक्षा टोली खटिएको छ।

मंगलबार दिउँसो करिब १:५० बजे नदीमा नुहाउन गएका १०/१० वर्षका तीन बालबालिका एकैसाथ बेपत्ता भएका हुन्। घटनाको खबर पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय गोताखोरको संयुक्त टोली घटनास्थल पुगेर खोजी कार्यलाई तीव्रता दिएको छ।

बेपत्ता हुनेहरूमा स्थानीय शेख अमरे आलमका १० वर्षीय छोरा मो. रमतुल्लाह, शेख खुरसेदकी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसि अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन्। स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मी र गोताखोरको टोलीले नदीमा खोजी कार्य जारी राखेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार