NM Khabar 14 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रोल्पा पहिरो: १० को मृत्यु, २ बेपत्ता, १३ संरचना पुरिए

रोल्पाको थबाङ गाउँपालिकामा पहिरोमा परी १० जनाको मृत्यु भएको छ। पहिरोले ९ वटा घरसहित १३ वटा संरचना पुरेको छ। २ जना अझै बेपत्ता छन् भने घाइतेहरूको थप उपचार भइरहेको छ।
Maya Thapa
Maya Thapa
13 August 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
रोल्पा पहिरो अपडेट
Share:

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षाले निम्त्याएको पहिरोले १० जनाको ज्यान लिएको छ। दुई जना अझै बेपत्ता छन्।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले १० जनाको मृत्यु पुष्टि गरेका हुन्। मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुनमगर, ७५ वर्षीय डलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर छन्।

रोल्पाको सुलिचौर नजिक लाम्पा खोला र प्युठानको माडी नदीमा थप पाँच शव फेला परेका थिए। तीमध्ये ३८ वर्षीया जुनकुमारी पुन, ९ वर्षीय अशिम पुन र ५ वर्षीय अशोक पुनको पहिचान भएको छ।

गम्भीर घाइते २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

पहिरोले ९ घर, १ घुम्ती पसल, २ गोठ र १ चर्चसहित १३ संरचना पुरेको छ।

नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा उद्धार तथा खोजी कार्य जारी छ।

इलाका प्रहरी कार्यालय उवा र स्थानीयले रातिदेखि उद्धार सुरु गरेका थिए। सदरमुकामबाट प्रजिअ क्षेत्री, डिएसपी बाखु, सेनाका कर्णेल खड्का, सशस्त्र डिएसपी चौधरीसहितको टोली घटनास्थल पुगेको थियो।

बिहीबार दिउँसो लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी भूपेन्द्रबहादुर खत्रीसहित स्वास्थ्यकर्मीको टोली घटनास्थल पुगेको थियो।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार