बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ मा साउन ३१ गतेदेखि हराइरहेकी करिब ४ वर्षीया बालिका गढीमा चौधरी मंगलबार मृत अवस्थामा फेला परेकी छन्। बालिका घर नजिकैको खाली घरमा भेटिएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्रीले रातोपाटीलाई जानकारी दिए।
नर्सरीमा पढ्दै गरेकी गढीमाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनास्थल मुचुल्का गरेर शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम कलैया पठाइने डीएसपी क्षेत्रीले बताए।
साउन ३१ गते बिहान ८ बजेतिर बालिका घरबाट हराएकी थिइन्।
