पाल्पाको अर्चले जलमापन केन्द्रमा पछिल्लो २४ घण्टामा २५०.६ मिलिमिटर वर्षा मापन भएको छ। बिहीबारयताको अविरल वर्षाले देशका विभिन्न भूभाग प्रभावित बनेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गैडाकोट जलमापन केन्द्रमा १६२ मिलिमिटर पानी परेको छ। तनहुँको अट्रुलीटार जलमापन केन्द्रमा १४४.४ मिलिमिटर वर्षा मापन भएको छ।
पाल्पाको अर्घाखाँची जलमापन केन्द्रमा पछिल्लो २४ घण्टामा १६८.८ मिलिमिटर वर्षा मापन गरिएको छ।
