देशभरि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी छ जनाको मृत्यु भएको छ। असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा विपद्का घटनाहरू भएका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले दिएको जानकारी अनुसार बागमती र लुम्बिनी प्रदेशमा दुई/दुई जनाको मृत्यु भएको छ। गण्डकी र कर्णाली प्रदेशमा एक/एक जनाको ज्यान गएको छ।
बाढीपहिरोमा परी दुई जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ४०७ जनाको उद्धार गरेको छ।
