महालेखा परिक्षकको ६३औं वार्षिक प्रतिवेदनले घरजग्गा कारोबारमा १२३ करदाताले ६७ करोड रुपैयाँ कर छलेको खुलासा गरेको छ।
प्रतिवेदनअनुसार, जग्गा बिक्रीबाट भएको आम्दानी लुकाएर कर छली भएको हो।
देशका विभिन्न ३६ कार्यालय अन्तर्गतका १२३ करदाताले आयकर ऐन, २०५८ को व्यवस्था विपरीत मुनाफालाई आय विवरणमा समावेश नगरेको पाइएको छ। यसमा ठूला तथा मझौला करदाताहरू समेत संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ।
यी १२३ करदाताले जग्गा बिक्रीबाट आम्दानी लुकाएर ६७ करोड रुपैयाँ कर छलेको महालेखाको प्रतिवेदनले पुष्टि गरेको छ।
महालेखा परिक्षकको कार्यालयले सरकारलाई यस प्रकरणमा तत्काल छानबिन गर्न निर्देशन दिएको छ।
