१० वर्षपछि अजित मिजारको परिवारद्वारा पुनः फरेन्सिक परीक्षणको माग
काभ्रेका अजित मिजारको अन्तरजातीय प्रेम विवाहकै कारण हत्या भएको भनिएको घटनामा १० वर्ष बितिसक्दा पनि न्याय नपाएको भन्दै परिवारले शवको पुनः फरेन्सिक परीक्षण गराउन माग गरेको छ।
नयाँ सरकार गठन भएसँगै परिवारले यो माग दोहोर्याएको हो। अजितको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न वैज्ञानिक परीक्षण आवश्यक रहेको उनीहरुको भनाइ छ।
परिवारले यसअघि पनि पटकपटक यो माग राख्दै आएको थियो। १० वर्षअघि भएको अजितको मृत्युलाई परिवारले हत्या मानेको छ। यसमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै आएको छ।
सम्बन्धित सरकारी निकायमा आधिकारिक रुपमा शवको पुनः फरेन्सिक परीक्षणका लागि निवेदन दिने तयारी परिवारले गरेको छ।
