ढकालले युएईका विदेश व्यापार मन्त्रीसँग भेटेर जलविद्युत्, पर्यटन र आईटीमा लगानी गर्न आग्रह गरे
नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबार दुबईमा युएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटेर नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।