मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

बागमती प्रदेशमा मन्त्रालय घटाइयो: १४ बाट ८ मा झार्दै सरकार

बागमती प्रदेशमा मन्त्रालयको संख्या १४ बाट घटाएर ८ कायम गरिएको छ। यो निर्णय नयाँ आर्थिक वर्ष २०८३–०८४ देखि लागू भएको छ। मुख्यमन्त्रीले हालका १४ मन्त्रीहरूलाई ८ मन्त्रालयमा कार्यविभाजन गर्नेछन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
बागमती प्रदेश मन्त्रालय
Share:
१७५

बागमती प्रदेशमा नयाँ आर्थिक वर्ष २०८३–०८४ देखि मन्त्रालयको संख्या आठमा झारिएको छ। प्रदेश सरकारले यसअघि गरेको १४ मन्त्रालयलाई घटाउने निर्णय शुक्रबारदेखि कार्यान्वयनमा आएको हो।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालयको संख्या घटाइएपछि मन्त्रीहरूको कार्यविभाजन गर्ने तयारी गरेका छन्। प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले १४ जना मन्त्रीलाई आठ मन्त्रालयमा व्यवस्थापन गरिने बताए।

प्रदेश सरकारको गत वैशाख २२ गतेको मन्त्रिपरिषद् बैठकले १४ मन्त्रालयलाई आठमा झार्ने निर्णय गरेको थियो। यसअन्तर्गत छवटा मन्त्रालयलाई गाभिएको छ।

नयाँ संरचनाअनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय कायम रहनेछन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार