NM Khabar 15 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बागमती प्रदेशमा मन्त्रालय गाभिएपछि सचिवलाई क्षेत्रगत जिम्मेवारी

बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवहरूलाई क्षेत्रगत जिम्मेवारी तोकेको छ। साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न नभएसम्मका लागि यो निर्णय गरेको हो। विभिन्न मन्त्रालयका सचिवहरूलाई आन्तरिक मामिला, उद्योग, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा जिम्मेवारी तोकिएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
15 August 2026, 9:02 am १ मिनेट पढाइ
आकार:
बागमती प्रदेश सचिव जिम्मेवारी
Share:

बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवहरूलाई क्षेत्रगत जिम्मेवारी तोकेको छ। साउन २९ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न नभएसम्मका लागि यो निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी प्रदेश सचिव महेश भट्टराईलाई तोकेको जानकारी दिए।

त्यसैगरी, उद्योग, वाणिज्य, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत जीवलाल भुसाललाई उद्योग तथा वाणिज्य क्षेत्र, अनिता निरौलालाई श्रम तथा यातायात क्षेत्र र दीपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन क्षेत्रको जिम्मेवारी दिइएको छ।

स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत गीताकुमारी होमेगाईंलाई युवा तथा खेलकुद क्षेत्र, डा. सुमित्रा गौतमलाई स्वास्थ्य क्षेत्र र खुबिराम अधिकारीलाई सामाजिक क्षेत्रको जिम्मेवारी तोकिएको छ।

यस्तै, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत डा. केदार बराललाई वन तथा वातावरण क्षेत्र र सुधिर श्रेष्ठलाई कृषि तथा पशुपन्छी क्षेत्रको जिम्मेवारी दिइएको छ। प्रवक्ता तामाङले यो जिम्मेवारी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण पूरा नभएसम्म कायम रहने बताए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार