NM Khabar 20 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बाजुरा सीमा विवाद: प्रहरी चौकी निर्माणस्थलमा झडप, चार घाइतेको हेलिकप्टरबाट उद्धार

बाजुराको हिमाली गाउँपालिकामा प्रहरी चौकी निर्माणस्थलमा सीमा विवादका कारण झडप भएको छ। झडपमा ६ जना घाइते भएका छन्, जसमध्ये चार जनालाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ। यसअघि जेठ ३ गते पनि दुई पक्षबीच विवाद भएको थियो।
Sanjay Karki
Sanjay Karki
20 May 2026, 3:33 pm १ मिनेट पढाइ
आकार:
Share:

बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा प्रहरी चौकी निर्माणस्थलमा सीमा विवाद हुँदा ६ जना घाइते भएका छन्। हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीका बासिन्दाले आक्रमण गर्दा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा सदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मीनु कुँवर, नरबहादुर गुरुङ र प्रहरी सहायक हवल्दार महेश धामी घाइते भएका हुन्।

घाइते चार जनालाई गाउँपालिकाको खर्चमा निजी हेलिकप्टरमार्फत कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल पठाइएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले यो जानकारी दिएका छन्।

यसअघि जेठ ३ गते पनि दुई पक्षबीच विवाद भएको थियो।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार