NM Khabar 17 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बालाजु सुकुमवासी बस्तीबाट थप दुई पक्राउ

काठमाडौंको बालाजु र ११ नम्बर वडाका सुकुमवासी बस्तीबाट प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। बस्ती हटाउने क्रममा अवरोध गर्न सक्ने आशंकामा शनिबार बिहान उनीहरूलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि सुकुमवासी अगुवाहरू पक्राउ परेका थिए।
Sanjay Karki
Sanjay Karki
25 April 2026, 8:01 am १ मिनेट पढाइ
आकार:
Share:

प्रहरीले काठमाडौंको बालाजु र ११ नम्बर वडाका सुकुमवासी बस्तीबाट थप दुई जनालाई पक्राउ गरेको छ। बस्ती हटाउने क्रममा अवरोध गर्न सक्ने आशंकामा शनिबार बिहान उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा बालाजुका ४१ वर्षीय राजकुमार लामा र काठमाडौं महानगरपालिका–११ का ५२ वर्षीय अर्जुन कुँवर छन्।

  • बालाजुबाट राजकुमार लामा पक्राउ
  • काठमाडौं–११ बाट अर्जुन कुँवर पक्राउ
  • बस्ती हटाउने क्रममा अवरोधको आशंका

यसअघि पनि पक्राउ परेका थिए

यसअघि प्रहरीले संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका महासचिव आरएन कुँवरसहित दलमर्दन कामी, दिनेश सुनार र नारायण परिश्रमी भन्ने नारायण परियारलाई पक्राउ गरेको थियो।

सरकारले राजधानीका विभिन्न सुकुमवासी बस्तिको हटाउने प्रक्रिया अघि बढाएसँगै पक्राउको क्रम सुरु भएको हो।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार