प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको विरोधमा ५ मिनेट मौन धारण गरेका छन्।
नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भन्ने अभिव्यक्तिले शहीदहरूको आत्मसम्मानमा चोट पुगेको बताए। उनले यस सन्दर्भमा प्रतिपक्षी दललाई मौन धारण गर्न आग्रह गरेपछि सांसदहरूले मौन बसेका थिए।
