मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

बारामा ११ वर्षीय बालकको भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

बाराको विश्रामपुरबाट अपहरणमा परेका ११ वर्षीय बालक राजेश कुमार साहको भारतमा हत्या भएको छ। घटनामा संलग्न १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरी अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरेको छ। बालकको शव भारतको बिहार राज्यस्थित मोतिहारी जिल्लामा फेला परेको थियो।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
बारा अपहरण हत्या
Share:
१६६

बाराको विश्रामपुरबाट अपहरणमा परेका ११ वर्षीय बालक राजेश कुमार साहको भारतमा हत्या भएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा १७ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ परेका किशोरविरुद्ध अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ।

विश्रामपुर गाउँपालिका–३ मुसहरवाका ११ वर्षीय साह गत भदौ ९ गते बिहान घरबाटै बेपत्ता भएका थिए। परिवारले सोही दिन साँझ प्रहरी चौकीमा खबर गरेपछि प्रहरीले खोजी तीव्र पारेको थियो।

विज्ञापन

भदौ ११ गते बिहान भारतको बिहार राज्यस्थित मोतिहारी जिल्लामा सिंहा नदी किनारमा बालकको शव फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मिन बहादुर घलेले दिएको जानकारीअनुसार, सीसीटीभी फुटेज, स्थानीयको भनाइ र भारतीय प्रहरीसँगको समन्वयबाट १७ वर्षीय किशोरले नै बालकलाई अपहरण गरी भारत पुर्‍याएर हत्या गरेको खुलेको छ।

पक्राउ परेका किशोरलाई अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी घलेले बताए।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार