मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

बारामा धान खेतको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु

बाराको सुवर्ण गाउँपालिकामा धान खेतको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु भएको छ। मृतक महागढीमाई नगरपालिका–९ बलुवाकी लालु कुमारी महतो हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
बालिकाको डुबेर मृत्यु
Share:
२०८

बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु भएको छ। मृतक महागढीमाई नगरपालिका–९ बलुवाकी राजेन्द्र महतोकी छोरी लालु कुमारी महतो हुन्। उनी केही दिनदेखि मामा घरमा बस्दै आएकी थिइन्।

प्रहरीका अनुसार आइतबार साँझ करिब ५:३० बजे मामा घर पछाडिको स्थानीय तारा चन्द साहको धान खेतमा जमेको पानीमा खेल्ने क्रममा बालिका डुबेकी थिइन्। परिवारका सदस्यले तत्काल उद्धार गरे पनि उनको ज्यान बचाउन सकेनन्।

घटनाको जानकारी साँझ करिब ६:१५ बजे इलाका प्रहरी चौकी बड्कीफुलबरियामा पुगेपछि असई राम विद्या साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा मुचुल्का र फरेन्सिक टोलीसहितको प्रहरी टोलीले घटनास्थलको अनुसन्धान गरेको छ।

प्रहरीले बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैया पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार