मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

बर्दियामा ट्रकले सशस्त्र प्रहरीको टोलीलाई ठक्कर दिँदा सहायक हवल्दारको मृत्यु

बर्दियामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कडेलको ट्रकको ठक्करबाट मृत्यु भएको छ। सोही घटनामा सशस्त्र प्रहरी जवान दीपककुमारजंग शाह घाइते भएका छन्। प्रहरीले नियन्त्रणमा लिएका दुई भैंसी र एक पाडालाई भन्सार पुर्‍याउने क्रममा दुर्घटना भएको जनाएको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
सशस्त्र प्रहरी मृत्यु
Share:
२०६

बर्दियामा ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोलीलाई ट्रकले ठक्कर दिँदा सहायक हवल्दार तिलक कडेलको मृत्यु भएको छ। आइतबार बिहान करिब सवा ५ बजे गुलरिया नगरपालिका-११ लालपुरमा यो घटना भएको हो।

प्रहरीका अनुसार, नियन्त्रणमा लिएका दुई भैंसी र एक पाडालाई गुलरिया भन्सार पुर्‍याउने क्रममा बा.प्र. ०३-००१ ख १४१२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा सहायक हवल्दार कडेलको बर्दिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

सोही दुर्घटनामा सशस्त्र प्रहरी जवान दीपककुमारजंग शाह घाइते भएका छन्। उनको थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज, कोहलपुर रिफर गरिएको छ। मृतक कडेल र घाइते शाह गणेशपुर बेसमा कार्यरत थिए।

दुर्घटनामा एक भैंसीसमेत मरेको छ। ट्रक चालक मकवानपुरका ४० वर्षीय निरन्जन दर्जीसमेत घाइते भएका छन्। उनको बर्दिया अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी रेशम बोहराले ट्रक र चालक नियन्त्रणमा रहेको बताए। घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार