NM Khabar 24 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बर्दियाको गेरुवामा बस्ती पसेको बाघ नियन्त्रणमा

बर्दियाको गेरुवा गाउँपालिकामा बस्ती पसेर पशुचौपायामाथि आक्रमण गर्ने एक वयस्क पाटे बाघ नियन्त्रणमा लिइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाली सेनाको सहयोगमा निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो। हालसम्म यसरी नियन्त्रणमा लिइएका समस्याग्रस्त बाघको संख्या ७ पुगेको छ।
Kamala Devi
Kamala Devi
24 August 2026, 6:03 pm १ मिनेट पढाइ
आकार:
पाटे बाघ नियन्त्रण
Share:

बर्दिया राष्ट्रिय निकुञ्जले गेरुवा गाउँपालिका–४ मा बस्ती पसेर स्थानीयलाई त्रसित पार्ने वयस्क पाटे बाघ नियन्त्रणमा लिएको छ। सोमबार बिहान निकुञ्जको टोलीले अन्दाजी ७ वर्षको भाले बाघ नियन्त्रणमा लिएको हो।

केही समयदेखि बस्तीमा पसेर घरपालुवा पशुचौपायालाई आक्रमण गरिरहेको बाघका कारण स्थानीय बासिन्दा त्रसित बनेका थिए। राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्वाहाम्फेले बाघको उमेर अन्दाजी ७ वर्ष रहेको बताए।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक कुमार रामले पशुचौपायालाई थप क्षति हुन नदिन बाघलाई नियन्त्रणमा लिइएको बताए। नियन्त्रणमा लिइएको बाघलाई रम्मापुर सेक्टरमा राखिएको छ।

यसअघि भदौ २ गते पनि सोही गाउँपालिकाबाट एक समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा लिइएको थियो। निकुञ्जका अनुसार हालसम्म ७ वटा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा लिई उद्धार केन्द्रमा राखिएको छ।

समस्याग्रस्त बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाली सेनाको संयुक्त टोली खटिएको थियो।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार