मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

भक्तपुरमा ७ हजारमा ग्यास बिक्री गर्ने सञ्चालक पक्राउ

भक्तपुरको चाँगुनारायणबाट एलपी ग्यास प्रति सिलिन्डर ७ हजार रुपैयाँमा बिक्री गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने ५७ वर्षीय तुलसीराम त्वयना हुन्। प्रहरीले ३ थान ग्यास सिलिन्डरसहित उनलाई नियन्त्रणमा लिएको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
ग्यास कालोबजारी भक्तपुर
Share:
१४८

भक्तपुरको चाँगुनारायणबाट एलपी ग्यास प्रति सिलिन्डर ७ हजार रुपैयाँमा बिक्री गर्ने सञ्चालक पक्राउ परेका छन्। प्रहरीले ५७ वर्षीय तुलसीराम त्वयनालाई शनिबार नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार, त्वयनाले सञ्चालन गरेको ‘त्वयना किराना पसल’बाट ३ थान ग्यास सिलिन्डर बरामद गरिएको छ।

उपभोक्ताको सूचनाका आधारमा प्रहरीले गरेको अनुगमनमा उनले अत्यधिक मूल्यमा ग्यास बिक्री गरिरहेको पाइएको थियो। त्वयनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार