NM Khabar 13 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भोटेकोशी बाढी: १३८४ शव भेटिए, ४ हजार बेपत्ता

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हालसम्म १ हजार ३८४ शव भेटिएका छन्। सबैभन्दा बढी चितवनमा ३६४ शव फेला परेका छन्। ४ हजार ८९ जना अझै बेपत्ता छन्।
Sanjay Karki
Sanjay Karki
13 September 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
भोटेकोशी बाढी
Share:

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा १ हजार ३८४ शव भेटिएको छ। Nmkhabarलाई प्रहरी प्रधान कार्यालयले पुष्टि गर्‍यो।

सबैभन्दा बढी चितवनमा ३६४ शव भेटिएको छ। नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ शव फेला परेका छन्। गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ शव भेटिएको छ।

प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार १ हजार २३० शवको पहिचान गरी व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको डिएनए नमुना संकलन गरिएको छ।

हालसम्म ३ हजार १३२ डिएनए नमुना संकलन गरिएको छ। १ हजार ३३९ शवको विवरण प्रहरी वेबसाइटमा छ। ४ हजार ८९ जना अझै बेपत्ता छन्। ७ हजार ९७५ प्रहरी खोजीमा खटिएका छन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार