NM Khabar 28 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भोटेकोशी बाढी: रसुवामा १५ सुनसरीवासी र ८ इलामवासी सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढीले सुनसरीका १५ र इलामका ८ जना गरी २३ जना व्यक्ति सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेहरूमा रोजगारी, तीर्थयात्रा र जलविद्युत् आयोजनामा कार्यरत व्यक्तिहरू रहेका छन्। प्रहरी र जिल्ला प्रशासन कार्यालयले बेपत्ताहरूको खोजी र उद्धार कार्य जारी राखेको छ।
Kamala Devi
Kamala Devi
28 August 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
भोटेकोशी बाढी बेपत्ता
Share:

रसुवाको भोटेकोशीमा आएको बाढीले सुनसरीका १५ र इलामका ८ जना गरी २३ जना व्यक्ति सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, रसुवाका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार सुनसरीका चार जना परिवारको सम्पर्कमा आएका छन्। उनीहरूमा रामधुनी नगरपालिका–५ का नवराज ढकाल, देवानगञ्ज गाउँपालिका–७ का देवनन्दन यादव, रामधुनी नगरपालिका–८ का जीवन सिंह र रामधुनी नगरपालिका–५ का सञ्जित नारायण छन्।

सम्पर्कमा आउन नसकेकाहरूमा दुहबी नगरपालिका–४ का सचिन गौतम, धरानका मुकेश नेपाल, रामधुनी नगरपालिका–३ का धिरज साह, भोक्राहा नरसिंह गाउँपालिका–३ का श्यामनारायण साह, कोशी गाउँपालिका–९ की मीना बजगाईं, बराहक्षेत्र नगरपालिका–११ मधुवनका छवि केशर काफ्ले र मणि करण राई, इटहरी उपमहानगरपालिका–१९ का नेपाली सेनाका लेस नायक प्रभाकर दङ्गाल, इनरुवा नगरपालिका–५ का पुष्पराज भट्टराई, रामधुनी नगरपालिका–३ का दिनेशकुमार चौधरी, बराहक्षेत्र नगरपालिका–७ का भुवनबहादुर श्रेष्ठ र रविनाकुमारी धामी, इटहरी उपमहानगरपालिका–२० का अमरबहादुर खड्का र मनमाया खड्का, तथा बराहक्षेत्र नगरपालिका–४ का मोहन माझी रहेका छन्।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार इलामका आठ जना व्यक्ति पनि बाढीले बगाएको वा सम्पर्कविहीन भएको आशंका गरिएको छ। देउमाई नगरपालिकाका बुद्धिसागर न्यौपाने र खिनमाया न्यौपाने, माई नगरपालिकाका नरेन्द्रप्रसाद दाहाल गोसाइँकुण्ड तीर्थयात्रामा थिए। सन्दकपुर गाउँपालिकाका दिवानन्द सुवेदी (दीपक) उनीहरूका सवारी चालक थिए।

अन्य सम्पर्कविहीन हुनेहरूमा माई नगरका विनोद राई, फाकफोकथुम गाउँपालिका–६ का लिलाबहादुर थापा (लोक) र विनु थेगिम रहेका छन्। यी तीनै जना रसुवाको मैलुङ गगनीमा निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत कामदार हुन्।

बैतडीको सिगास गाउँपालिका–७ घर भई हाल माई नगरपालिकाको सबडिभिजन वन कार्यालयमा कार्यरत वनरक्षक लक्ष्मणसिंह ऐर पनि सम्पर्कविहीन सूचीमा छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार