NM Khabar 18 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरण: अदालतमा एक सातादेखि सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा एक सातादेखि सुनुवाइ चलिरहेको छ। पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित ३० जनामाथि ठगीको अभियोग छ।
Arjun Basnet
Arjun Basnet
18 June 2026, 8:21 pm १ मिनेट पढाइ
आकार:
भुटानी शरणार्थी प्रकरण
Share:

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौँ जिल्ला अदालतमा एक सातादेखि सुनुवाइ चलिरहेको छ।

गत जेठ २७ गतेदेखि सुरु भएको सुनुवाइ बिहीबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिकालगायतका देशमा पठाउने भन्दै ठूलो रकम असुली गरिएको यो प्रकरण लामो समयदेखि अवरुद्ध थियो।

२०८० जेठ १० मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भयो। पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी (एमाले) र पूर्व गृहमन्त्री बालकृष्ण खाँण (कांग्रेस) यस प्रकरणका प्रमुख आरोपित हुन्। तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि आरोपित छन्। उनीहरूसहित ३० जनामाथि किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको अभियोग छ।

अभियोगपत्रले सङ्गठित गिरोहले कागजात तयार पारी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको दाबी गर्छ।

मुख्य बिचौलिया केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, सानु भण्डारी र सन्देश शर्मामाथि पनि मुद्दा दायर भएको छ। गिरोहको सञ्जालमा काम गर्ने टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, हरिभक्त महर्जन र उनकी पत्नी लक्ष्मी महर्जन पनि आरोपित छन्। राजेश अर्याल, विनिता सावदेन लिम्बु, सागर राई, आशिष बुढाथोकी, सुनिल बुढाथोकी, रामशरण केसी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजालविरुद्ध सोही कसुरमा मुद्दा दायर भएको थियो।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार