विराटनगर विमानस्थलबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। महेन्द्रचोकस्थित एक्स्पो एक्सप्रेस कुरियरमार्फत काठमाडौं पठाउन लागिएको स्पोर्ट्स जुत्ताको कार्गोभित्र १८.४८ ग्राम ब्राउन सुगर फेला परेको हो।
यो कार्गो विराटनगरका राघव झाले पठाउन लागेका थिए। विमानस्थलको एक्स–रे मेसिनमा चेकजाँच गर्दा जुत्ताको सोलभित्र लुकाइराखेको अवस्थामा लागूऔषध बरामद भएको हो।
प्रहरीले सामान कुरियर गर्न आएका मोरङ विराटनगर–५ का २४ वर्षीय सुशान्त खड्कालाई पक्राउ गरेको छ। खड्कालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।
पार्सल धनी झाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
