मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

जुत्ताको सोलमा ब्राउन सुगर लुकाई काठमाडौं पठाउने प्रयासमा एक पक्राउ

विराटनगर विमानस्थलबाट लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। जुत्ताको सोलमा लुकाई काठमाडौं पठाउन लागिएको १८.४८ ग्राम ब्राउन सुगर बरामद भएको छ। पक्राउ परेका युवक सुशान्त खड्का हुन्, पार्सल धनी राघव झाको खोजी जारी छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
ब्राउन सुगर बरामद
Share:
१९७

विराटनगर विमानस्थलबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। महेन्द्रचोकस्थित एक्स्पो एक्सप्रेस कुरियरमार्फत काठमाडौं पठाउन लागिएको स्पोर्ट्स जुत्ताको कार्गोभित्र १८.४८ ग्राम ब्राउन सुगर फेला परेको हो।

यो कार्गो विराटनगरका राघव झाले पठाउन लागेका थिए। विमानस्थलको एक्स–रे मेसिनमा चेकजाँच गर्दा जुत्ताको सोलभित्र लुकाइराखेको अवस्थामा लागूऔषध बरामद भएको हो।

प्रहरीले सामान कुरियर गर्न आएका मोरङ विराटनगर–५ का २४ वर्षीय सुशान्त खड्कालाई पक्राउ गरेको छ। खड्कालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

पार्सल धनी झाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार