NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित

विराटनगर महानगरपालिकाले ११,६३० बालबालिकालाई पूर्णखोपको पहुँचमा पुर्याई पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ। यस उपलब्धिले बालमृत्युदर घटाउन र रोगको जोखिम न्यूनीकरणमा सहयोग पुग्नेछ।
Kamala Devi
Kamala Devi
4 June 2026, 4:33 pm १ मिनेट पढाइ
आकार:
विराटनगर पूर्णखोप
Share:

विराटनगर महानगरपालिकाले ० देखि ५९ महिनासम्मका ११ हजार ६३० बालबालिकालाई पूर्णखोपको पहुँचमा पुर्याएर पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ। महानगरपालिका खोप शाखाले यो तथ्यांक सार्वजनिक गरेको हो।

पूर्णखोप प्राप्त गर्ने बालबालिकामध्ये ० देखि ११ महिनाका दुई हजार १३९ जना, १२ देखि १५ महिनाका ९७७ जना, १६ देखि २३ महिनाका एक हजार ५४८ जना तथा २४ देखि ५९ महिनाका छ हजार ९६६ जना छन्। यो उपलब्धिले बालबालिकालाई खोपबाट रोक्न सकिने रोगविरुद्ध सुरक्षित बनाउने अभियानलाई संस्थागत र दिगो बनाएको वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीले बताए।

कार्कीका अनुसार खोप अभियानले बालमृत्युदर घटाउन, रोगको जोखिम न्यूनीकरण गर्न र स्वस्थ समाज निर्माणमा योगदान पुर्याएको छ। खोप संयोजक सुशील साहले पूर्णखोप कार्यक्रमले बालबालिकालाई दादुरा, रुबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, कालीखोकी, टिटानसलगायतका रोगबाट जोगाउन भूमिका खेलेको बताए।

स्वास्थ्य महाशाखा प्रमुख डा.दिलीपकुमार यादवले पूर्णखोप सुनिश्चिततालाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सफलता भनेका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार