NM Khabar 27 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

किर्ते नागरिकता मुद्दा: मेयर राजेशमान सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली

किर्ते नागरिकता मुद्दामा पक्राउ अनुमति जारी भएपछि फरार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको खोजीमा पर्सा प्रहरीले विशेष टोली परिचालन गरेको छ। मंगलबार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनको खोजी तीव्र पारेको हो।
Arjun Basnet
Arjun Basnet
27 May 2026, 5:32 pm १ मिनेट पढाइ
आकार:
Share:

किर्ते नागरिकता मुद्दामा पक्राउ अनुमति जारी भएपछि फरार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको खोजीमा पर्सा प्रहरीले विशेष टोली परिचालन गरेको छ। मंगलबार पर्सा जिल्ला अदालतबाट मेयर सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

अदालतबाट पक्राउ पुर्जी जारी हुनासाथ प्रहरीले सिंहको खोजी तीव्र पारेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले सिंहलाई नियन्त्रणमा लिन टोली खटिएको पुष्टि गरे।

मेयर सिंह अदालतमा हाजिर हुन जाँदा प्रहरीलाई किन जानकारी दिइएन? कसको संरक्षणमा उनी अदालत छिरे? प्रहरीले यी विषयमा विशेष अनुसन्धान थालेको छ।

प्रहरी स्रोतका अनुसार, अदालतमा सिंह उपस्थित भएको सूचना ढिलो प्राप्त भएपछि प्रहरीको विशेष टोली अदालत पुगेको थियो। तर, टोली पुग्नुअघि नै सिंह फरार भइसकेका थिए।

कानुनको नजरमा फरार रहेका स्थानीय सरकारका प्रमुख प्रहरीलाई छक्याउँदै हिँड्न थालेपछि वीरगन्जको प्रशासनिक र राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। प्रहरीले सम्भावित क्षेत्रमा निगरानी बढाएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार