मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

वीरगन्जका मेयर राजेशमान सिंह लिखत कसुरमा पक्राउ

• वीरगन्जका मेयर राजेशमान सिंह लिखत सम्बन्धी कसुरमा पक्राउ परेका छन्। • जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले ठोरीबाट उनलाई नियन्त्रणमा लिएको हो। • स्थानीयको जाहेरीमा अदालतले मेयर सिंहसहित तीन जनाविरुद्ध पुर्जी जारी गरेको थियो।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
२०९

वीरगन्जका मेयर राजेशमान सिंह लिखत कसुरमा पक्राउ परेका छन्। जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको आठ दिनपछि प्रहरीले उनलाई ठोरीबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकका अनुसार विशेष सूचनाको आधारमा ठोरी एरियामा लुकीछिपी बसेका बेला मेयर सिंहलाई पक्राउ गरिएको हो। पक्राउ पुर्जी जारी भएपछि उनी अदालतमा हाजिर भएर फरार भएका थिए।

स्थानीय लियाकत अलीको जाहेरीका आधारमा जिल्ला अदालत पर्साले मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ परेका सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार