NM Khabar 29 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बिर्तामोडमा युवतीमाथि ज्यान मार्ने प्रयास: पेट्रोल छर्केर आगो लगाउन खोज्ने पक्राउ

• बिर्तामोडमा डेरामा बस्ने एक युवतीलाई हातखुट्टा र घाँटी बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने व्यक्ति पक्राउ। • पक्राउ पर्नेमा भारत घर भई स्थानीय मिठाई पसलमा काम गर्ने ४२ वर्षीय दिलीपचन्द्र राय छन्। • पीडित युवती रविना मगरको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।
Kamala Devi
Kamala Devi
29 September 2026, 5:32 pm १ मिनेट पढाइ
आकार:
बिर्तामोड युवती आक्रमण
Share:

बिर्तामोड नगरपालिका-५ मा डेरा गरी बस्ने २२ वर्षीया रविना मगरको कोठामा असोज १२ गते राति मादक पदार्थ सेवन गरी प्रवेश गरेका ४२ वर्षीय दिलीपचन्द्र रायले युवतीको हातखुट्टा र घाँटी बाँधी शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोजेका हुन्।

भारतको किशनगञ्ज जिल्ला घर भई बिर्तामोडस्थित अमृत भोग मिठाई पसलमा काम गर्ने रायले तन्ना च्यातेर मगरको हातखुट्टा एवं घाँटी बाँधेका थिए। त्यसपछि शरीरमा पेट्रोल छर्केर ज्यान लिने प्रयास गरेका थिए।

घटनाबारे जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले रायलाई नियन्त्रणमा लिएको छ। घाइते मगरको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। पक्राउ परेका रायमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार