विशेष अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दामा थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले पौडेललाई पाँच दिन थुनामा राख्न आदेश दियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धानको लागि पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।
