NM Khabar 16 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विष्णु पौडेलविरुद्ध २० करोड ९० लाखको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो दाबीसहित सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। व्यवसायी दीपक भट्टसँग मिलेर पद र प्रभावको दुरुपयोग गरेको अभियोग छ। श्रीराम टोबाको उद्योग प्रालिको सेयर न्यून मूल्यमा दिलाएको आरोपमा मुद्दा दर्ता भएको छ।
Arjun Basnet
Arjun Basnet
16 July 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
विष्णु पौडेल मुद्दा
Share:

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको छ। विशेष सरकारी वकिल कार्यालयले २० करोड ९० लाख रुपैयाँ बिगो दाबीसहित अभियोगपत्र पेश गरेको हो।

अभियोगपत्रअनुसार पौडेलले व्यवसायी दीपक भट्टसँग मिलेर पद र प्रभावको दुरुपयोग गरेका छन्। पौडेलले सहजीकरण गरिदिएबापत आर्थिक लाभ लिने नियतले श्रीराम टोबाको उद्योग प्रालिको उच्च मूल्यको सेयर न्यून मूल्यमा भट्टको कम्पनी हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिलाई दिलाएको आरोप छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको लामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयले यो मुद्दा विशेष अदालतमा पुर्‍याएको हो। पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि ८ असारमा सुर्खेतबाट पक्राउ परेका थिए। सोमबार उनको पाँचौंपटक म्याद थप गरिएको थियो।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार