NM Khabar 16 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चिलिमे सुरुङमा चार शव भेटिए, उद्धार जारी

रसुवाको चिलिमे हाइड्रोपावरको सुरुङभित्र चारवटा शव फेला परेका छन्। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ। भेटिएका शवहरूको पहिचान खुल्न बाँकी छ।
Sanjay Karki
Sanjay Karki
16 September 2026, 4:02 pm १ मिनेट पढाइ
आकार:
चिलिमे सुरुङ शव
Share:

रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङभित्र चारवटा शव भेटिएका छन्। बुधबार खोजी तथा उद्धारमा खटिएको टोलीले शव फेला पारेको हो। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले एउटा शव निकालेको छ। बाँकी तीनवटा शव निकाल्ने कार्य भइरहेको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सुरुङभित्र थप मानिस जीवित वा मृत अवस्थामा रहेको हुनसक्ने सम्भावना छ। खोजी कार्य जारी छ।

भोटेकोशीमा आएको बाढीपछि सुरुङभित्र फसेकाहरूको खोजीका लागि सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो। टोलीले सुरुङभित्र थुप्रिएको माटो, ढुंगा तथा अवरोध हटाउँदै खोजी गरिरहेको छ।

भेटिएका शवहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार