NM Khabar 1 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चोचेन नदीको हिमनदी भत्किने जोखिम कायमै: चीनको जलस्रोत मन्त्रालय

चीनको जलस्रोत मन्त्रालयले चोचेन (भोटेकोशी) नदी आसपासका हिमनदीहरूमा पहिरोको जोखिम कायमै रहेको बताएको छ। हालैका अनुगमनमा हिमनदी तालहरू स्थिर देखिए पनि हिमनदी भत्किने खतरा रहेको छ।
Bikram Magar
Bikram Magar
1 September 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
चोचेन नदी हिमनदी
Share:

चोचेन (भोटेकोशी) नदी आसपासका हिमनदीहरूमा थप पहिरोको जोखिम रहेको चीनको जलस्रोत मन्त्रालयले बताएको छ। यसले ठूलो खतरा निम्त्याउन सक्ने मन्त्रालयको ठहर छ।

चिनियाँ सरकारी सञ्चार माध्यम सिसीटीभी न्यूजले मंगलबार मन्त्रालयलाई उद्धृत गर्दै सो रिपोर्ट प्रकाशित गरेको हो। मन्त्रालयले चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको ग्यारोङ (केरुङ) काउन्टीमा आएको लेदो र बाढी प्रकोपसँग सम्बन्धित जोखिमको निरन्तर अनुगमन गरिरहेको छ।

ग्यारोङ जाङबो नदी बेसिनमा यसअघि पहिचान गरिएका १४ वटा हिमनदी तालहरूको पानीको सतह क्षेत्रमा कुनै महत्त्वपूर्ण परिवर्तन नदेखिएको जनाइएको छ। ती तालहरू समग्रमा स्थिर रहेको रिमोट-सेन्सिङ इमेजरीको तुलनात्मक विश्लेषणले देखाएको छ।

यद्यपि, मंगलबार बिहान ५:४५ बजे नेपालको समय अनुसार ड्रोनबाट खिचिएको तस्बिरले चोचेन नदीको क्रेटरमा जमेको धेरैजसो पानी बगेर निस्किसकेको देखाएको छ। तल्लो तटीय क्षेत्रमा नदीको बहाव सामान्य अवस्थामा फर्किसकेको रिपोर्टमा उल्लेख छ।

तर, क्रेटरको वरिपरि रहेको हिमनदी वा बरफको विशाल ढिक्का भत्किने जोखिम भने कायमै रहेको रिपोर्टले औंल्याएको छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार