NM Khabar 25 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चितवनमा सिलिन्डर विस्फोट: एकको मृत्यु, एक गम्भीर घाइते

भरतपुरको रोयल फर्मास्युटिकल्स उद्योगमा एसीको कुलिंग ग्यास भर्ने क्रममा भएको सिलिन्डर विस्फोटमा एक कामदारको मृत्यु भएको छ। अर्का एक कामदार गम्भीर घाइते छन्।
Sanjay Karki
Sanjay Karki
24 July 2026, 8:03 pm १ मिनेट पढाइ
आकार:
चितवन सिलिन्डर विस्फोट
Share:

भरतपुर महानगरपालिका–१६ स्थित रोयल फर्मास्युटिकल्स उद्योगमा एसीको कुलिंग ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक कामदारको मृत्यु भएको छ। अर्का एक कामदार गम्भीर घाइते छन्।

शुक्रबार दिउँसो करिब ३:२० बजे उद्योगको दोस्रो तल्लामा यो घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले Nmkhabarलाई पुष्टि गर्‍यो।

विस्फोटमा भरतपुर महानगरपालिका–१२ का ३० वर्षीय प्रमोद कोइराला र पर्साका २८ वर्षीय इम्तियाज देवान घाइते भएका थिए।

भरतपुर अस्पताल पुर्‍याइएका कोइरालाको उपचारका क्रममा दिउँसो करिब ४:०५ बजे मृत्यु भएको प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

घाइते देवानको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार