मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

चितवनमा जंगली च्याउ खाँदा तीन चेपाङ बालबालिकाको मृत्यु

चितवनको इच्छाकामनामा जंगली च्याउ खाँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा नौ वर्षीया नमूना, ११ वर्षीय सञ्जय र १३ वर्षीया मनिता चेपाङ छन्। जेठ १ गतेदेखि आजसम्म फरक-फरक समयमा उनीहरूको निधन भएको हो।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
२०९

चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन चेपाङ बालबालिकाको ज्यान गएको छ। मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ छन्। उनीहरू श्यामबहादुर चेपाङका सन्तान हुन्।

राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको यही जेठ १ गते घरमै निधन भएको थियो। सञ्जयको गत शनिबार राति उपचारका क्रममा मृत्यु भयो। मनिताको आज बिहान ६ बजे भरतपुर अस्पतालमा ज्यान गएको हो।

गत वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच जनाको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए। च्याउ खाएपछि परिवारका सदस्यहरू बिरामी परेका थिए।

विज्ञापन

गम्भीर अवस्थामा रहेका तीन बालबालिकालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। दुर्भाग्यवश, उनीहरूलाई बचाउन सकिएन।

मृतक नमूना कक्षा २, सञ्जय कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत रहेको विद्यालयले जनाएको छ।

दुई बालबालिकाको दाहसंस्कार भइसकेको छ। आज मृत्यु भएकी बालिकाको शव बुझ्ने तयारी भइरहेको प्रअ मगरले बताए। मृत बालबालिकाका बुबाआमा भने सकुशल छन्।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार