NM Khabar 8 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कांग्रेसको १५ औं महाधिवेशन असोज १६ मै, तल्लो तहको कार्यतालिका हेरफेर

नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म पूर्वनिर्धारित मितिमै हुने भएको छ। प्राकृतिक विपत्तिका कारण तल्लो तहका अधिवेशनहरूको कार्यतालिका हेरफेर गरिएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
8 September 2026, 4:02 pm १ मिनेट पढाइ
आकार:
कांग्रेस महाधिवेशन
Share:

नेपाली कांग्रेसले प्राकृतिक विपत्तिका कारण तल्लो तहका अधिवेशनहरूको कार्यतालिका हेरफेर गरे पनि १५ औं केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित मितिमै सम्पन्न गर्ने भएको छ।

असोज १६ देखि १९ गतेसम्म हुने केन्द्रीय महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गर्ने तय भएको छ। महाधिवेशन सञ्चालनका लागि असोज १५ देखि २० गतेसम्म हलको व्यवस्था मिलाइदिन कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पत्राचार गरिसकेका छन्।

पार्टी बैठकले तल्लो तहको तालिका हेरफेर भए पनि केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने निर्णय गरेको हो। गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढी र विपत्तिका कारण यसअघि भदौ २४ गतेका लागि तय गरिएको वडा अधिवेशन स्थगित गरी नयाँ कार्यतालिका ल्याइएको हो।

बाढी प्रभावित क्षेत्र तथा देशभरबाट प्राप्त सुझावका आधारमा प्रथम चरणका अन्य तहगत अधिवेशनको मिति परिमार्जन गरिएको निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए।

नयाँ कार्यतालिकाअनुसार ६ हजार ७४३ वटै गाउँ/नगर वडाको अधिवेशन असोज ३ र ४ गते सम्पन्न गरिनेछ। गाउँ तथा नगरपालिका अधिवेशन असोज ७ गते र प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गतेका लागि तोकिएको छ। प्रवासस्थित नेपाली जनसम्पर्क समितिका बाँकी अधिवेशनहरू पनि असोज १० गतेभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

बाढीबाट अतिप्रभावित रसुवा, नुवाकोट र धादिङको हकमा तोकिएका निर्वाचन अधिकृत र स्थानीय तहको समन्वयमा अधिवेशन सम्पन्न गरिनेछ। निर्वाचन समितिले जिल्ला र प्रदेश अधिवेशनको समयतालिका दोस्रो चरणमा सार्वजनिक गर्ने बताएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार