मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

प्रअ र शिक्षकविरुद्ध फर्जी हाजिरी प्रकरणमा भ्रष्टाचार मुद्दा

• सर्लाहीको मलंगवास्थित कृष्णादेवी जनता माविका तत्कालीन प्रअ र शिक्षकविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। • दुवैजनामाथि फर्जी हाजिरी बनाएर तलब भत्ता लिई ३ लाख ७१ हजारभन्दा बढी सरकारी रकम हिनामिना गरेको आरोप छ। • अख्तियारले उनीहरूबाट बिगो असुल गरी ऐनबमोजिम कैद र जरिवानाको मागदाबी गरेको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
भ्रष्टाचार मुद्दा शिक्षक
Share:
१६८

सर्लाहीको मलंगवास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षक प्रियंका कुमारी सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विद्यालयमा अनुपस्थित शिक्षकको फर्जी हाजिरी बनाएर गैरकानुनी रूपमा तलब निकासा गरी सरकारी रकम हिनामिना गरेको अभियोगमा अख्तियारले मङ्गलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारले दुवैजनासँग जनही ३ लाख ७१ हजार ३६ रुपैयाँ १० पैसा बिगो कायम गरी सजायको मागदाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

विज्ञापन

शिक्षक सिंह वि.सं. २०७९ वैशाखदेखि कात्तिक १८ गतेसम्म विद्यालयमा निरन्तर अनुपस्थित थिइन्।

तत्कालीन प्रअ यादवले हाजिरी रजिष्टर खाली राखे। शिक्षक विद्यालय फर्केपछि एकमुष्ठ हाजिरी गराइयो। पछि उक्त हाजिरीमा टिपेक्स लगाई सच्याएर पुनः हाजिर गराइएको अनुसन्धानबाट खुलेको छ।

प्रअ यादवले सोही फर्जी हाजिरी र विदाको अभिलेखका आधारमा मलंगवा नगरपालिकाबाट गैरकानुनी रूपमा छुट तलब निकासा गराए।

अनुसन्धानका क्रममा शिक्षक सिंह अनुपस्थित रहेको अवधि २०७९ साउनदेखि कात्तिकसम्मको २ लाख ४० हजार ९१४ र वैशाख, जेठ तथा असार महिनाको १ लाख ३० हजार १२१ गरी कुल ३ लाख ७१ हजार ३६ रुपैयाँ गैरकानुनी रूपमा भुक्तानी लिएको र दिएको पुष्टि भएको छ।

सरकारी कागजात सच्याएर सरकारी रकम हिनामिना, हानि(नोक्सानी तथा दुरुपयोग गरेको पुष्टि भएकाले प्रतिवादीहरू यादव र सिंहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र दफा १७ बमोजिमको कसुरमा मुद्दा दायर गरिएको हो।

उनीहरूबाट हिनामिना भएको बिगो ३ लाख ७१ हजार ३६ रुपैयाँ असुल उपर गरी ऐनबमोजिम कैद र जरिवाना सजाय गर्न अख्तियारले मागदाबी गरेको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार