मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, मधेसमा जोखिम

मधेस, बागमती र गण्डकी प्रदेशका तराई भेगमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका केही स्थानमा पनि वर्षा हुनेछ। उच्च हिमाली क्षेत्रमा हिमपातको पनि पूर्वानुमान गरिएको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
वर्षाको सम्भावना
Share:
२१४

मधेस, बागमती र गण्डकी प्रदेशका तराई भेगमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका केही स्थानमा पनि वर्षा हुनेछ। उच्च हिमाली क्षेत्रमा हिमपातको पनि पूर्वानुमान गरिएको छ।

हाल देशको उपल्लो वायुमण्डलमा पश्चिमी न्युन चापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव छ। यसले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली गराएको छ। मधेस प्रदेशमा आंशिक बदली छ। सुदूरपश्चिम प्रदेशको तराई भूभाग मौसम मुख्यतया सफा छ।

आज दिउँसो कोशी प्रदेश र देशको हिमाली भूभागमा सामान्य बदली रहनेछ। बाँकी पहाडी तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थान, हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि यस्तै वर्षा हुनेछ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश तथा देशको हिमाली र पहाडी भूभागमा आंशिक बदली हुनेछ। कोशी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुनेछ। मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाले मेघगर्जन, चट्याङ तथा वर्षाबाट हुनसक्ने सम्भावित प्रभावलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार