मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

एमाले केन्द्रीय कमिटी बैठक: ९ एजेण्डामा छलफल, माइन्युट र बहस नोट तयार गरिने

नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, विभिन्न संरचना गठन लगायत ९ एजेण्डामा छलफल हुनेछ। बैठकले माइन्युट लेखन र बहस नोट तयार गर्ने जिम्मेवारी क्रमशः विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट, शंकर पोखरेल र योगेश भट्टराई लगायतलाई तोकेको छ। गत फागुनको चुनावपछि पहिलोपटक बसेको यो बैठक असोज ७ गतेसम्म चल्नेछ र आज केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनमाथि सुझाव दिनेछन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
एमाले केन्द्रीय कमिटी बैठक
Share:
११२

नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदनसहित ९ एजेण्डामा छलफल गर्नेछ। सोमबार सुरु भएको बैठकमा सोमबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

बैठकमा केन्द्रीय कमिटीमा मनोनयन, विभागहरूको गठन, पोलिटब्युरो, स्थायी कमिटी, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च र अनुशासन आयोग गठनका साथै समसामयिक प्रस्तावमाथि छलफल हुनेछ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले यी एजेण्डा प्रस्तुत गरिएको जानकारी दिए।

बैठकका निर्णय र छलफललाई अभिलेख गर्न माइन्युट लेखन समिति गठन गरिएको छ। उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट र महासचिव शंकर पोखरेललाई माइन्युट लेखनको जिम्मेवारी दिइएको छ।

बैठकमा उठेका विषय र बहस समेट्न बहस नोट कमिटी बनाइएको छ। उपमहासचिव योगेश भट्टराई, सचिव पद्मा अर्याल, केन्द्रीय सदस्यहरू सूर्य थापा, निरज आचार्य र खिमलाल भट्टराईलाई बहस नोट तयार गर्ने जिम्मेवारी तोकिएको छ।

मंगलबारको बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीको प्रतिवेदनमाथि तीन/तीन मिनेटको समय लिएर सुझाव दिनेछन्। बैठक ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा बिहान ९ः०० बजे बस्नेछ।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पार्टीको यो पहिलो केन्द्रीय कमिटी बैठक हो। बैठक असोज ७ गतेसम्म सञ्चालन हुनेछ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार