मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

क्रोएसिया पठाउने भन्दै ८.५ लाख ठग्ने भट्ट पक्राउ

वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाउने भन्दै ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा नवराज भट्ट पक्राउ परेका छन्। पीडितबाट रकम लिएर सम्पर्कविहीन भएका भट्टलाई प्रहरीले शंखमूलबाट पक्राउ गरेको हो।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
क्रोएसिया ठगी
Share:
१७८

वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने प्रलोभनमा पारी एक व्यक्तिबाट ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले नवराज भट्टलाई पक्राउ गरेको छ।

कन्चनपुर भीमदत्त नगरपालिका–११ घर भई हाल काठमाडौं–३१ शंखमूल बस्ने ४४ वर्षीय भट्टलाई प्रहरीले यहीँबाट पक्राउ गरेको हो।

भट्टले आकर्षक तलबको प्रलोभन देखाउँदै क्रोएसिया पठाउने आश्वासन दिएका थिए। पीडितले रकम बुझाएपछि भट्ट सम्पर्कविहीन भएका थिए।

उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले भट्टलाई पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार