वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने प्रलोभनमा पारी एक व्यक्तिबाट ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले नवराज भट्टलाई पक्राउ गरेको छ।
कन्चनपुर भीमदत्त नगरपालिका–११ घर भई हाल काठमाडौं–३१ शंखमूल बस्ने ४४ वर्षीय भट्टलाई प्रहरीले यहीँबाट पक्राउ गरेको हो।
भट्टले आकर्षक तलबको प्रलोभन देखाउँदै क्रोएसिया पठाउने आश्वासन दिएका थिए। पीडितले रकम बुझाएपछि भट्ट सम्पर्कविहीन भएका थिए।
उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले भट्टलाई पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
