मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

दमकमा खैरो हेरोइनसहित एक पक्राउ

झापाको दमकमा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले होटलबाट २२ ग्रामभन्दा बढी हेरोइनसहित पूर्णकुमार राईलाई नियन्त्रणमा लिएको छ। बरामद लागुऔषध, मोटरसाइकल र अन्य सामग्रीसहित थप अनुसन्धान भइरहेको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
दमक खैरो हेरोइन
Share:
१९७

दमक नगरपालिका–१ हवल्दार चोकस्थित टपरी होटलबाट प्रहरीले २२ ग्राम १५० मिलिग्राम खैरो हेरोइनसहित इलामका पूर्णकुमार राईलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राई होटलभित्र लागुऔषधको कारोबारमा संलग्न रहेको सूचना पाएपछि प्रहरी खटिएको थियो।

लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले राईको खानतलासी गर्दा हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको थियो।

प्रहरीले बरामद गरेको लागुऔषधसहित मे १० प ३९७० नम्बरको मोटरसाइकल र अन्य सामग्रीसमेत नियन्त्रणमा लिएको छ।

राईमाथि लागुऔषध कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार