नवनियुक्त गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेसँगै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई अनुसन्धानको दायरामा तान्नुपर्ने माग गरेका छन्। हत्याकाण्ड भएको समयमा पौडेल नै देशको गृहमन्त्री थिए। शाहीले सामाजिक सञ्जालमार्फत उक्त निर्णयको स्वागत गर्दै सत्यतथ्य उजागर गर्न तत्कालीन जिम्मेवार पदाधिकारीहरूको बयान अनिवार्य रहेको बताए। उनले घटनाका बेला गृह प्रशासनको कमान्ड सम्हालिरहेका पौडेललाई नसोधी गरिने अनुसन्धान अपूर्ण हुने दाबी गरे। ‘दरबार हत्याकाण्डको निष्पक्ष र गहन छानबिन गर्ने प्रतिबद्धताको हार्दिक स्वागत गर्दछु,’ शाहीले लेखेका छन्, ‘तर सत्यतथ्य उजागर गर्न घटनाकालमा जिम्मेवार पदमा रहेका विशेषगरी तत्कालीन गृहमन्त्री तथा वर्तमान राष्ट्रपति महामहिम रामचन्द्र पौडेलज्यू लगायतलाई अनुसन्धानको दायरामा ल्याइनुपर्छ।’ यसैबीच, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दरबार हत्याकाण्डको अनुसन्धान निष्पक्ष र पारदर्शी हुनुपर्ने बताएका छन्। २५ वर्षपछि दरबार हत्याकाण्डको किन अनुसन्धानको कुरा आयो भन्ने प्रश्न पनि उठाइएको छ। यो ख्यालख्यालमा गर्ने कुरा नभएको टिप्पणी छ। पछिल्ला दिनमा राजतन्त्रप्रति बढ्दै गएको सकारात्मकतालाई काउन्टर गर्ने रणनीतिअन्तर्गत पनि यो कदम चालिएको हुनसक्ने विश्लेषण गरिएको छ।
दरबार हत्याकाण्ड: राष्ट्रपति पौडेल छानबिनको घेरामा तानिए
गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेका छन्। यसलगत्तै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले तत्कालीन गृहमन्त्री एवं वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अनुसन्धान निष्पक्ष र पारदर्शी हुनुपर्ने बताएका छन्।
Arjun Basnet
9 June 2026, 8:32 pm
१ मिनेट पढाइ
आकार:
Arjun Basnet
संवाददाता · NM Khabar
अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।
