सुनसरीको देवानगञ्ज गाउँपालिकामा आइतबारदेखि जारी तनावपूर्ण स्थितिको नजिकबाट निगरानी गर्न सुरक्षा निकायले छ वटा ड्रोन परिचालन गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार उक्त क्षेत्रमा सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउन ड्रोनको प्रयोग गरिएको हो।
उनले ड्रोनमार्फत क्षेत्रका गतिविधिको सूक्ष्म निगरानी गरिने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षाकर्मीलाई सहयोग पुग्ने बताए।
