सुनसरीको देवानगञ्ज–३ स्थित देवानगञ्ज बजारमा मंगलबार साँझ दुई समूहबीच ढुङ्गा हानाहान भएको छ। आइतबार रातिदेखि अशान्त बनेको यस क्षेत्रको तनाव अझै शान्त भएको छैन।
यसअघि देवानगञ्ज–३ कै कप्तानगञ्जमा दुई समुदायबीच झडप हुँदा ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनाबारे गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले प्रहरीले संयमता अपनाएर झडप नियन्त्रणमा लिएको बताए।
