मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

धरान विद्युत कार्यालयको गाडी सेउती पुल नजिक दुर्घटना: दुईको मृत्यु

धरानबाट इटहरी जाँदै गरेको नेपाल विद्युत प्राधिकरणको स्कारपियो गाडी सेउती पुल नजिक दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। एक जना घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
धरान विद्युत कार्यालय दुर्घटना
Share:
२१३

सुनसरी । नेपाल विद्युत प्राधिकरण धरान कार्यालयको स्कारपियो गाडी सेउती पुल नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० मा राति करिब ११:३० बजे दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले दुर्घटनाको पुष्टि गरे।

दुर्घटनामा गाडी चालक धरान–१३ का बिर्ख राई र प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्यको मृत्यु भएको छ। दुवैलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। चिकित्सकले राति १२:४५ बजे मृत घोषणा गरेका हुन्।

घाइते धरान २० का पवन राईको सोही प्रतिष्ठानमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार