मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

धुन्चेमा १९ लाख स्रोत नखुलेको रकमसहित एक पक्राउ

रसुवाको धुन्चे बजारमा स्रोत नखुलेको १९ लाख ५२ हजार १०० नेपाली रुपैयाँसहित गोसाइँकुण्ड-३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङ पक्राउ परेका छन्। प्रहरीले हुन्डी कारोबारमार्फत रकम ओसारपसारको आशंकामा अनुसन्धान थालेको छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
स्रोत नखुलेको रकम
Share:
२१९

रसुवाको धुन्चे बजारमा स्रोत नखुलेको १९ लाख ५२ हजार १०० नेपाली रुपैयाँसहित गोसाइँकुण्ड-३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङ पक्राउ परेका छन्।

शनिबार पासाङ ल्हामु राजमार्ग खण्डमा नियमित गाडी जाँच गरिरहेको प्रहरी टोलीले स्याफ्रुबेंसीबाट काठमाडौंतर्फ जाँदै गरेको बा१ज ४८०७ नम्बरको सुमो गाडी रोकेर खानतलासी गर्दा उक्त रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय धुन्चेले जनाएको छ।

गुरुङले बोकेको झोलामा उक्त रकम फेला परेको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा यो रकम हुन्डी कारोबारमार्फत ओसारपसार गर्न लागिएको आशंका गरेको छ।

पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार