गृहमन्त्रीस्तरीय निर्णयबाट मधेस र सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ। ओम अधिकारी मधेस प्रदेशको डीआईजी बनेका छन्। सानुराम भट्टराई सुदूरपश्चिम प्रदेशको नेतृत्वमा पुगेका छन्।
यसअघि मधेस प्रदेशका डीआईजी गोविन्द थपलियालाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तानिएको छ। सुदूरपश्चिम प्रदेशका डीआईजी ओमा रानालाई अपराध अनुसन्धान विभाग, प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ।
