मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

डा. केसीको मागबारे सरकारको संवाद सुरु, सचिव पौडेलद्वारा अनौपचारिक भेट

शिक्षा सचिव चुडामणि पौडेलले अनसनरत डा. गोविन्द केसीसँग सहमतिका लागि अनौपचारिक संवाद सुरु गरेका छन्। सचिव पौडेल शनिबार धनगढी पुगेर डा. केसीको स्वास्थ्य अवस्था बुझी मागबारे छलफल गरेका हुन्। आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार र मन्त्रालयका सचिवसहितको टोलीले औपचारिक वार्ता गर्नेछ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
डा केसी अनसन
Share:
१९२

शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले अनसनरत डा. गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताएका छन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको समन्वयमा वार्तामार्फत समाधान खोज्न सचिव पौडेल शनिबार धनगढी पुगेका थिए । उनले डा. केसी उपचाररत सेती प्रादेशिक अस्पतालमा पुगेर भेटघाट गरेका थिए ।

सो क्रममा डा. केसी र उनका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको थियो । सचिव पौडेलले आइतबार डा. केसीले उठाएका मागबारे औपचारिक संवाद हुने बताए ।

“आज डा. केसी र उहाँका सहयोगीसँग संवाद भएको छ । उहाँको धारणा र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छौँ । आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव यहाँ आएपछि औपचारिक संवाद गरी सहमतिको प्रयास हुनेछ,” सचिव पौडेलले भने ।

सरकारले संवाद र सहमतिका माध्यमबाट डा. केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक समाधान खोज्ने उनको भनाइ थियो ।

डा. केसी पाँच बुँदे माग राखी तीन दिनदेखि अनसनमा छन् । स्वास्थ्य समस्या आएपछि अनशनस्थल कृष्ण मन्दिर धर्मशालाबाट शनिबारै सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले डा. केसीसँग सचिव पौडेलसहित सामान्य संवाद र स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताए ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार