NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

लागुऔषधसहित ३५ जना पक्राउ, विभिन्न स्थानमा प्रहरी कारबाही

प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागूऔषधसहित ३५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू काठमाडौं, भक्तपुर, झापा, बर्दिया, सुनसरी, कञ्चनपुर, नुवाकोट र सिराहाका छन्। विभिन्न स्थानबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ र अन्य लागूऔषध बरामद गरिएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
30 May 2026, 11:33 am १ मिनेट पढाइ
आकार:
Share:

प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागूऔषधसहित ३५ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले काठमाडौं, भक्तपुर, झापा, बर्दिया, सुनसरी, कञ्चनपुर, नुवाकोट र सिराहाबाट अवैध लागूऔषधसहित ३५ जना व्यक्तिलाई पक्राउ गरेको हो।

काठमाडौंको टोखा नगरपालिका-९ गोङ्गबुबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना, झापाको गौरीगञ्ज गाउँपालिका-२ बाट दुई, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट एक र बिर्तामोड नगरपालिका-४ कन्चनजङघा टोलबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जे चोकबाट एक जना, मध्यपुरथिमि नगरपालिका-९ बोडेबाट एक जना, र मध्यपुरथिमि-५ राधेराधेमा डेरा गरी बस्ने जुम्लाका एक जना व्यक्ति पनि पक्राउ परेका छन्।

त्यस्तै, बर्दियाको राजापुर नगरपालिका-१० कोठियाघाट पुलबाट एक जना, सुनसरीको बराहक्षेत्र नगरपालिका-६ ठाकुरबारीबाट छ जना, इनरूवा नगरपालिका-४ बसचोकबाट तीन जना, बराहक्षेत्र नगरपालिका-७ सोमबारेबाट दुई जना, धरान उपमहानगरपालिका-१३ आदर्श नगरबाट एक जना, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट पाँच जना र इटहरी उपमहानगरपालिका-१७ बाटै एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्ती मसानघाटबाट तीन जना, नुवाकोटको विदुर नगरपालिका-९ बाघटारबाट दुई जना र सिराहाको गोलबजार नगरपालिका-६ गुम्बाटोलबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले यी सबै स्थानमा विशेष अभियान चलाएर लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको जनाएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार