मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

लागूऔषधसहित १२ जना पक्राउ, प्रहरीद्वारा विभिन्न जिल्लामा कारबाही

देशका विभिन्न ६ जिल्लाबाट लागूऔषधसहित १२ जना पक्राउ परेका छन्। प्रहरीले ३ ग्राम हेरोइन, १२ किलो गाँजा, हजारौं ट्याब्लेट ट्रामाडोल र ब्राउनसुगर बरामद गरेको छ। पक्राउ परेकाहरूबाट नगद ५ लाख ६० हजार ४ सय रुपैयाँभन्दा बढी बरामद भएको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
लागूऔषध बरामद
Share:
१०२

प्रहरीले लागूऔषधसहित १२ जनालाई विभिन्न जिल्लाबाट नियन्त्रणमा लिएको छ। काठमाडौं, उदयपुर, झापा, मोरङ, मकवानपुर र रौतहटबाट प्रहरीले लागूऔषध बरामद गरेको छ।

काठमाडौं उपत्यकाबाट प्रहरीले ३ ग्राम १० मिलिग्राम खैरो हेरोइन, १८ हजार ३ सय ट्याब्लेट ट्रामाडोल, ७ सय ८२ एम्पुल डाईजेपाम, ७ सय ८२ एम्पुल फेनारगन, ७ सय ८२ एम्पुल बुप्रेनोर्फिन र ५ लाख ६० हजार ४ सय रुपैयाँ नगद बरामद गरेको छ। चन्द्रागिरी नगरपालिका-६ का विक्रम घले, मकवानपुरका विजय तामाङ, ललित बहादुर स्याङ्तान, काभ्रेका गणेश लामा र सिन्धुलीका रत्न तामाङ पक्राउ परेका छन्। प्रहरी वृत्त थानकोटले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

चन्द्रागिरी नगरपालिका-१५ नैकापबाट ३४ वर्षीय बिक्रम घलेलाई ३ हजार ४ सय ५० ट्याब्लेट ट्रामाडोल, १ सय ग्राम पोलेन, १० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र २ लाख ७९ हजार रुपैयाँ नगद सहित पक्राउ गरिएको छ। लागूऔषध लिन आएका मकवानपुरका २४ वर्षीय विजय तामाङ गोलेलाई २० ट्याब्लेट ट्रामाडोल र १६ हजार ५ सय रुपैयाँ नगद सहित पक्राउ गरिएको छ।

उदयपुरको बेलका नगरपालिका-९ बाट ३२ वर्षीय युवराज राईलाई १२ किलोग्राम गाँजा सहित प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले उनको घरमा गाँजा बरामद गरेको हो।

झापाको हल्दिबारी गाउँपालिका-४ बाट २ ग्राम ७ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित अर्जुनधारा नगरपालिका-८ बस्ने २७ वर्षीय महमत सुलेमान पक्राउ परेका छन्। प्रहरी चौकी जलथलले उनलाई मोटरसाइकलमा सवार अवस्थामा नियन्त्रणमा लिएको हो।

मोरङको बेलबारी नगरपालिका-१ बाट २३ वर्षीय जके भन्ने बामदेव दर्जी र अर्का एक जनालाई १ ग्राम ६ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारीले उनीहरूको घरमा लागूऔषध फेला पारेको थियो।

रौतहटको यमुनामाई गाउँपालिका-४ बाट करिब ५ किलो २ सय ५० ग्राम गाँजा सहित २६ वर्षीय पुजन साहलाई प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट बमनहरले उनलाई मोटरसाइकलमा सवार अवस्थामा नियन्त्रणमा लिएको हो।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार